सुनसरी ।
सुनसरी इटहरी उपमहानगरपालिका –१७ बडहरा की ५०बर्षीया लता कुमारी श्रेष्ठको भाडा माधm्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
विहिवार दिउँसो साढे १ बजे आफ्नै घर आँगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागेर उनी घाइते भएकी थिइन् । घाईते भएकी उनको उपचारको लागि बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।


















