काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै घटेर ९० हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य बिहीबार एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















