बिर्तामोड ।

झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिक छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । 

बिर्तामोड–४ मा कार्यालय रहेको बिर्ताज्योति साप्ताहिक प्रत्येक मंगलबार प्रकाशन हुँदै आइरहेको छ । 

प्रेस काउन्सिल नेपालद्वारा ‘ख’ श्रेणीमा वर्गीकृत बिर्ताज्योति साप्ताहिक झापा जिल्लाभर प्रत्यक्ष विक्री वितरण हुँदै आइरहेको छ भने  birtajyoti.com  नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ पुग्न सफल भएको छ । 

 झापाका अग्रज पत्रकार तीर्थ सिग्देलको प्रकाशकत्व तथा सम्पादकत्वमा प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक प्रकाशनको छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेसँगै नयाँ व्यवस्थापन र नयाँ साजसज्जामा प्रकाशन हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले बताए । 

बिर्ताज्योति साप्ताहिकले प्रकाशनको शुरुवातदेखि नै फरक ट्रेण्ड अलग टेस्टको नारा  अघि सार्दै प्रत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउन लागीपरेको बताउँदै निरौलाले मोफसलका समाचारका विषयवस्तुलाई प्राथमिकता दिएर आवाजविहीनहरुको आवाज बनेर मोफसलकै सर्वाधिक लोकप्रिय साप्ताहिक बनाउने प्रतिवद्धता व्यक्त गरे । 

यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न कठीन परिस्थितिका वावजुत पनि बिर्ताज्योति साप्ताहिक पत्रिका प्रकाशनलाई निरन्तरता दिएको बताउँदै उनले  आम पाठकवर्ग ,  विज्ञापनदाता र शुभचिन्तकको साथ र सहयोगले त्यो सफल  भएको जनाए  ।