गौरीगञ्ज ।
नेपाल रेडक्रम सोसाइटी झापा जिल्ला शाखा र गौरिगंज उपशाखाले गौरिगञ्ज गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी कनकाई नदि कटानबाट पूर्ण बिस्थापित होकलबाडि (टप्पु) का ४ परिवारलाई राहत वितरण गरेको छ ।
उनीहरुलाई बुधवार खाद्यसामाग्री वितरण गरेको नेपाल रेडक्रम सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । रेडक्रसले गैरखाद्यय सामाग्री अन्र्तगत प्रत्येक परिवारलाई १० हजार रुपैयाँ मूल्य बराबरको सामाग्री पूर्ण सेट प्रदान गरेको रेडक्रसका कार्यक्रम अधिकृत हरिशरण खड्काले जानकार िदिए ।
त्यस्तै गाउँपालिका अन्र्तगत वडा नं १ ले २५ किलो चामल, ३ केजी भुजा, २ किलो दाल, नुन, साबुन, पेष्टलगायतका सामाग्री वितरण गरेको जनाइएको छ । रेडक्रस उपशाखाले स्थानियलाई मास्क समेत बितरण गरेको थियो । उक्त स्थानमा रहेका १३ घर मध्ये ४ घर अति जोखिम भएकाले स्थान्तरण गरेर बसेका छन् भने ९ घर पनि जोखिममा रहेको कार्यक्रम अधिकृत खड्काले जानकारी दिए ।