झापा । 

आज बुवाको मुख हेर्ने दिन अर्थात कुशे औंसी  पनि हो । आज आ–आफ्ना बुबाको मुख हेर्ने र सम्मान गर्ने परम्परा रहेको छ।

छोरोछारीले आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई साथै लत्ता कपडा दिएर  मुख हेर्ने गरिन्छ । 

बुबाआमा  नहुनेले आजको दिन तीर्थ गएर श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ। आजको दिन हिन्दु नेपालीहरूको घरमा कुशको औंठी राख्ने गरिन्छ।