सुरुङ्गा । 

कनकाई नगरपालिका वडा नं.१ मा माछी मारनको चर्को धुन बजाउन प्रतिवन्ध लगाइएको छ ।  माछा बेच्न बजाईने कर्कश आवाज माछी मारनको चर्को धुन बजाउन कनकाई १ नम्बर वडाभर प्रतिवन्ध लगाइएको हो ।  

आइतवार देखि माछी मारनको ध्वनी बजाएर माछा विक्री गरेको पाइएमा तुरुन्त गाडी नियन्त्रणमा लिएर कार्वाही गरिने कनकाई नगरपालिका १ नम्बर वडाका अध्यक्ष रोशन  पोखरेलले बताए।

लामो समयदेखि माछा विक्रीका लागि बजाइने माछी मारन र माछी मार्न जाउन सानी कालापानीमा लगायातको चर्को ध्वनीका कारण अनलाईन कक्षामा भएका विद्यार्थीहरु विरामीहरुलाई वढी असर पुगेका कारण आफ्नो वडामा ध्वनी बजाएर माछा विक्री गर्न रोक लगाइएको अध्यक्ष पोखरेलले बताए। विगत केहि बर्षदेखि विर्तामोड क्षेत्रका विभिन्न पोखरीबाट निस्कने माछा व्यापारीहरुको चर्को ध्वनीले झापा जिल्ला मात्रै नभएर पुर्वाञ्चलवासीनै आंतकित बनेका छन् ।

तर माछा विक्रीका लागि चर्को ध्वनी बजाउन रोक लगाउने वडा भनेको प्रदेशमै कनकाई १ पहिलो बनेको छ ।