ओखलढुंगा । 

ओखलढुङगा सिद्धिचरण नगरपालिका –४ का २१ बर्षीय निखिल फुयल करेन्ट लागि सोलारको पोलबाट लडेर मृत्यु भएको छ ।

माने भन्ज्याङ  गाउपालिका– ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागि पोलबाट लडी घाईते भएका उनको उपचारको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

घटना स्थलमा प्रहरी टोली थप अनुसन्धानगरिरहेको प्रहरीले जनाएको छ ।