राजु बराल
चन्द्रगढी ।
झापाको भद्रपुर– ९ मा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोडमा सम्लग्न दोषीलाई कडा कार्वाही गर्न स्थानिय क्षेत्रमा कृयाशिल राजनितिक दल तथा सामाजिक संघ÷संस्थाका अगुवाहरुले माग गरेका छन् ।
शनिबार देवकोटा स्मारक संरक्षण समितीले देवकोटा चौकस्थित मुना सामुदायिक भवनमा आयोजना गरेको अन्तर्कृया कार्यक्रमका सहभागीहरुले सो माग गरेका हुन् ।
उक्त कार्यक्रममा अग्रज समाजसेवी दुर्गाप्रसाद भट्टराई , चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराप्रसाद पोखरेल, वडा नं. ९ का कार्यवाहक अध्यक्ष राम दाहाल, नेकपा एमालेका महेश नेउपाने, नेपाली काँङ्ग्रेसका गोपाल श्रेष्ठ, नेकपा माओबादी केन्द्रका दिनानाथ उप्रेती, रा.प्र.पाका बाबुराम पराजुली , चेतना नेपालका इन्द्रप्रसाद ओली , साहित्यकार कृष्ण सुवेदी निराकार, तारा रुचाल, चुडामणी मैनाली, राजेन्द्र रिजाल लगायतले अन्तक्रिर्यामा आ–आफ्ना धारणाराखेका थिए ।
सोही भेलाले महाकवि देवकोटाको सालिक स्थानान्तरण र सालिक तोडफोडको अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले राजनीतिक दल, सामाजिक संघ सस्था र जनप्रतिनिधि सम्मिलित ११ सदस्यीय सहयोग समिती समेत गठन गरेको छ ।
देवकोटा स्मारक संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेल संयोजक र सचिव राजु बराल सदस्य सचिव रहेको सो सहयोग समितिमा दुर्गाप्रसाद भट्टराई, हिराप्रसाद पोखरेल, राम दाहाल, गोपाल श्रेष्ठ, महेश नेउपाने, बाबूराम पराजुली, दिनानाथ उप्रेती, चुडामणी मैनाली, राजेन्द्र रिजाल सदस्य रहेका छन् ।
देवकोटा स्मारक संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षता र सचिव राजु बरालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष खडग प्रसाद दाहालले गरेका थिए ।