बिर्तामोड ।
इन्द्रेणी महिला समाज झापाको प्रथम साधारण सभाले इन्दु खवासको अध्यक्षतामा ११ कार्य समिति चयन गरेको छ । बिर्तामोड ४ स्थित केन्द्रिय कार्यलयमा शनिवार भएको सभाले उपाध्यक्षमा सीता अधिकारी, सचिवमा मनिता दाहाल र कोषाध्यक्षमा संगीता खरेललाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा कुसुम अधिकारी, निर्मला कट्टेल, सोभा राजवंशी, यशोदा मुखिया, दिपा पौडेल, गीता पोखरेल र सुशिला विक चयन भएका छन् । त्यस्तै सभाले ५ सदस्य सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारहरुमा वविता कट्टेल, तारा दुलाल, खगमाया पौडेल, सुशिला घिमिरे र द्धपमाया कट्टेल रहेका छन् ।
इन्दु खवासको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्र प्रदेश १ सह– इन्चार्ज धर्मशीला चापागाईको प्रमुख आथिथ्य रहेको थियो ।
कार्यक्रममा झापाका युवा नेता तथा राजनैतिककर्मी बासु दुलालको बिशेष आतिथ्यरहेको थियो भने बिर्तामोड –४ का समाजसेवी गोपि अधिकारी समेतको आथिथ्यता थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि चापागाईले समाजपरिवर्तनमा महिलाहरुको भुमिका महत्त्वपूर्ण हुने बताइन् । महिलाहरुले जुन सहास गरेका छन् त्यसको निम्ती आभार ब्यक्त गर्दै महिला मुक्तीको अभियानमा आफुसँगै रहने उनले प्रतिबद्धता ब्यक्त गरिन् । कार्यक्रमको सञ्चालन मनिता दाहालले गरेकी थिइन् ।