सुरुङ्गा । 

राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटीले  मानवीय सेवालाई अभियानका रुपमा अघि बढाएको छ । मानवीय सेवाको माध्यमबाट सामाजिक एकता कायम राख्ने उद्येश्यका साथ युवा संघ नेपाल कनकाई नगर कमिटीले अभियान संचालन गरेको युवा संघ कनकाईका पुर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाईका सचिव विनोद रानामगरले जानकारी दिएका छन् । 

अभियानलाई निरन्तरता दिने उदेश्यले युवा संघ कनकाई नगर कमिटीले पहिलो चरणमा जन्म दिनको अवसर पारेर अति विपन्न वर्ग र समुदायमा थोरै भएपनि खाद्य सामाग्री सहयोग गर्ने निर्णय गरेको बताइएको छ । 

यसै क्रममा  राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटीका अध्यक्ष विश्वविजय खरेलले आफ्नो जन्म दिनको अवसर पारेर कनकाई २ स्थित अति विपन्न दुईवटा परिवारलाई खाद्य सामाग्री वितरण गरेका छन् । युवा संघका पदाधिकारीहरुसहित विपन्न परिवारको निजी निवासमै गएर अतिआवश्यकीय खाद्य सामाग्री वितरण गरिएको  युवा संघ कनकाईका अध्यक्ष खरेलले बताए ।  

  मानवीय सेवाप्रतिको कार्यले समाज रुपान्तरणमा समेत सकारात्मक भुमिका खेल्ने अपेक्षासहित अभियान संचालन गरिएको प्रष्ट पार्दै युवा संघ कनकाईका अध्यक्ष खरेलले एक आपसमा सहयोग, सहकार्य र एकताका साथ अघि बढ्न सम्बन्धित सबैलाई अनुरोध समेत गरेका छन् ।