सुनसरी ।
सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको मृत्यु भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।
चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।