झापा । 

झापा अर्जुनधारा–४ मदनपुरबाट लागुऔषध खैरोहिरोईन ब्राउन सुगरसहित तीन् जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी, ३० बर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले  ७ ग्राम खैरोहिरोईन ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीहरको साथबाट नगद ४९ हजार ५ सय रुपैया समेत फेला परेको छ ।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।