बिर्तामोड ।
छठ समाज सेवा समीति बिर्तामोड र सुनचाँदी व्यावसायी संघले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ मा अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जिविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि दुवै संस्थाले राहत उपलब्ध गराएको हो ।
छठ समाजका वरिष्ठ उपाध्यक्षः रामेश्वर द्विवेदीको सभापतित्व एवम् बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिजय संघका अध्यक्षः प्रकाश सिवाकोटी ,निवर्तमान अध्यक्ष कुमार भट्टराई,वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,उधोग उपाध्यक्ष एवम् प्रवक्ता सञ्जिव घिमिरे, सुनचाँदी व्यावसायी संघका उपाध्यक्ष बाबुराम विश्वकर्मा, कोषाध्यक्ष बिजय श्राफ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत सुनचाँदी व्यवसायी संघका वरिष्ठ सदस्य रमेश बराइलीले गरेको कार्यक्रमको सञ्चालन छठ समाजका सेवा समितीका महासचिव मनोज रौनियारले गरेका थिए । यसअघि सोमबार वीरता लेडी जेसीजले बिर्तामोड–४ का १५ परिवारलाई खाद्यन्न सामग्री वितरण गरेको थियो ।