बिर्तामोड ।

  बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–३ का अपाङ्गता भएका २५ परिवरलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको हो ।

लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्याभएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई ध्यान दिदैं  बिर्तामोड उद्योग वाणिज्य संघले अपाङ्गता भएका व्यक्तिहरुलाई मंगलबार एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का अध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य रहेको थियो  । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वमान अध्यक्षकुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवन खड्का, गुञ्जन प्रसाई, राधिका चुडाल,अपाङगता स्वालम्वन संस्थाका अध्यक्ष दिपक थापा, हरि अधिकारी लगायतको आतित्थ्य रहेको थियो ।

कार्यक्रममा बिर्तामोड–३ का २५ परिवारलाई राहत वितरण गरिएको हो । चामल, दाल, तेल लगायतका खाद्यन्न सहयोग गरिएको हो ।  औचित्यमाथि वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष नैनाकला भट्टराईले गरेकी थिइन् ।