झापा ।
मोरङको विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाज महानगरपालिका कमिटी गठन गरिएको छ । विराटनगरमा बंगाली समुदायको एक भेलाले सञ्जय दत्तको अध्यक्षतामा महानगरपालिका कमिटी गठन गरेका हो। महानगरपालिकाको कमिटीको उपाध्यक्षद्धयमा रोशनकुमार दत्त, सञ्जीव सुक्ला, सचिवमा मनोज साह र कोषाध्यक्षमा राजकुमार दास सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सञ्जीव सरकार, दीपेन्द्र कुमार बंगाली, अजय दास, बचूँ कुमार दास र गौतम चेल चयन भएका छन् ।
नेपाल राष्ट्रिय बङ्गाली समाज प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित चेलको अध्यक्षतामा तथा गिताजंली कन्स्ट्रक्सन ओनर बंगाली समाजका अगुवा समाजसेवी सपन दासको प्रमुख आतिथ्यमा भएको भेलामा नेपाल राष्ट्रिय बङ्गाली समाजका वरिष्ठ सल्लाहकार तथा नेपाल खानेपानी संस्थान पूर्व कार्यकारी अध्यक्ष महेश दत्त, नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय उपाध्यक्ष विप्लव घोष, नेपाल राष्ट्रिय बङ्गाली समाजका केन्द्रीय सचिव सञ्जय बरुवा, केन्द्रीय सदस्य सञ्जय चेल, समाजका कला तथा साहित्य विभाग संयोजक सन्तोष सरकार, प्रदेश १ का सदस्य विन्दानन्द नुन्दी मधुकुल बङ्गाली, समाजका सुनसरी जिल्ला अध्यक्ष शम्भु विश्वास, लगायतको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय कमिटीले जिल्ला तथा पालिका स्तरमा नयाँ नेतृत्व गठन गर्ने अभियानलाई तीव्रता दिएको छ । केन्द्रीय कमिटीले देशभर छरिएर रहेका बंगाली समुदायको पहिचान गर्दै उनीहरूको हक अधिकार सुनिश्चितताको अभियानमा लागि परेका छन् ।


















