भद्रपुर ।

भद्रपुर नगरपालिका–९ देवकोटा चौकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा आइतबार राती अज्ञात समुहले तोडफोड गरेकोप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद प्रकट गर्दै घटनाका दोषि पत्ता लगाई कडा कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएको छ। 

ddd

जुनसुकै समुह, व्यक्तिले उक्त घृणित कार्य गरेको भएपनि भत्सना योग्य रहेको जनाउँदै त्यस्ताको पहिचान गरी कडा कारवाहीको माग देवकोटा स्मारक संरक्षण समितले गरेको हो ।  

प्रतिमा संडक वीचमा भएकाले डिभिजन सडक कार्यालयको निर्देशन अनुसार प्रतिमालाई मुना सामुदायिक भवन परिषद भित्र सार्ने प्रक्रिया हुँदाहुँदै तोडफोड भएको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । ‘महाकवि देवकोटोको अर्ध कदको प्रतिमा टाउको र शरीर विच्छेद गरी जमिनमा राखिएको अवस्थामा सोमबार विहान भेटिएको थियो’ सचिव वरालले भने ‘घटनामा  संलग्नको खोजी गरी कडा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छौ ।’

महाकवि देवकोटाको सो प्रतिमा वि.सं २०५१ सालमा स्थापना गरिएको थियो ।   जिल्ला प्रहरी कार्यालय झापाले तोडफोडमा संलग्नको खोजी कार्य भईरहेको जनाएको छ्र ।