बिर्तामोड।
झापा अर्जुनधारा नगरपालिका –६ बिहानी टोलमा एक महिलाको शव फेला परेको छ । खुदुनाबारी सिस्ने घर भई लामो समयदेखि परिवारका साथ अर्जुनधारा –६ मा डेरा गरी बस्दै आएकी अन्दाजी बर्ष ४५ की सावित्रा खड़का विश्वकर्माको शव फेला परेको हो ।
वाटोमा रहेको विजुलीको ट्रान्फमरको पोल छेउमा उत्तानो अवस्थामा उनको मृत शरिर भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।