झापा । 

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आज झापासहित देशभर कृष्ण भगवानका मन्दिरमा पूजा आराधना गरी मनाइदैछ ।  संसारभरका हिन्दु धर्मावलम्वी साथै श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिन मनाउँदैछन् । 

बदनाम  तर पनि सबैका प्रिय पात्रको रुपमा श्री कृष्णलाई मानिदै आएको छ ।  आज देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने परम्परा पनि छ । आज विहानैबाट झापाका श्रीकृष्णका प्रत्येक मन्दिरमा पूजा, आराधना गर्नेको भिड लागेको छ । 

कृष्ण जन्माष्टमीको अवसरमा विगतका वर्षमा हटाइएको सार्वजनिक बिदा यो वर्षदेखि पुनः दिन थालिएको छ । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोरलगायतका नामबाट पनि भगवान कृष्णलाई  चिनिने गरिन्छ ।  

हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून तथा  वातावरणमा रहने सवैका प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट  जन्म भएको मान्यता रहिआएको छ ।