भद्रपुर । 

नेपाल राष्ट्रिय बंगाली समाज भद्रपुर नगर तदर्थ समिति गठन भएको छ  । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको विधान अनुसार भद्रपुर–६ बंगाली युवा क्लबमा शुक्रवार आयोजित एक भेलाले राजा मण्डलको संयोजकत्वमा भद्रपुर नगर तदर्थ समिति गठन गरेको हो । 

भेलाले सर्वसम्मत रुपमा समितिको सदस्यहरूमा रवीन्द्र घोष, मानस घोष, विजय साह, जयिता राय, मनीषा मण्डल, रितु बर्मन राय, सञ्जय आइच, राहुल चक्रवर्ती, रञ्जित मण्डल, अरूप घोषलाई चयन गरेका छन् । त्यस्तै सल्हाकारहरुमा अमूल्य मण्डल, सञ्जय घोष र निर्मल घोष रहेका छन् ।

नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको संयोजकत्वमा भएको भेलामा नेपाल बंगाली समाजका सचिव जयन्ती मानी, अमूल्य मण्डल, पार्थ मण्डल, राजा मण्डल, सञ्जय आइच, सञ्जय घोष, निर्मल घोष र मानस घोष लगायतले आआफ्नो धारणा राखेका थिए । भद्रपुर नगर तदर्थ समिति गठन गरिए पनि यसअघि भद्रपुरमा गठित नेपाल बंगाली समाज, बंगाली युवा क्लब र बंगाली महिला मञ्चलाई यथावत् राखेर अघि बढ्ने छलफलले निष्कर्ष निकालेको छ ।