भोजपुर । 

भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कका ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्महत्या गरेका छन् । 

राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागरे झुण्डिएको अबस्थामा फेला परेका थिए ।

घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुका ८ बर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाउन साथ स्थानियबासी गई हेर्दा ईन्द्रकला राईको मृत्यु भईसकेको र उनलाई खोजतलास गर्दा झुन्डिएको अबस्थामा फेला परेपछि प्रहरी जानकारी गराएका थिए । घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भंज्याङको  प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।