बासु दुलाल 

 नेपालको सर्बहारा श्रमजिबि जनताको आशा र भरोसाको मुख्य सारथी माओबादी आन्दोलन अहिले सांगठानिक हिसाबले  केही कमजोर अबस्थामा छ । तर बिचार र एजेन्डाको हिसाबले माओबादी कमजोर छैन र हुदैन पनि । नेपालको राजनैतिक ऐतिहासमा  माओबादी एजेन्डाहरुको नेतृत्वमानै अबको ३०÷४० बर्ष सम्म देश अगाडि बड्ने छ ।

ऐतिहासिक जनयुद्धको बलमा अहिले हामिले गणतन्त्र  , समाबेशिता र संघीयता  प्राप्त गरेका छौ । हजारौ योद्धाहरुको बलिदानबाट प्राप्त भएको यी उपलब्धीहरु युगिन महत्वका हुन् । जनताको अपार समर्थनमा प्राप्त यी युगन्तकारी उपलब्धिहरुलाई उल्टाउन प्रतिगामी र पुरातनबादी एउटा शक्ति लागिरहेको  छ । तथापी यो त्यति सजिलो छैन । त्यस कारण नै देश माओबादी एजेन्डामा नै अगाडि जानेछ त्यसमा कसैको दुइमत हुन सक्दैन ।मुलत यो लेखमा मैले माओबादी केन्द्रको पुर्ननिर्माणमा सांगठानिक चुनौतीहरुको बुदागत  ब्याख्या गर्न गएको हँुदा म यो आलेखको मुख्य बिषयमा नै प्रबेश गर्दछु  । 

१) माओबादी आन्दोलनमा बिभाजनको भुमिका ।

२) पुजिबादी गणतन्त्रसम्मको मात्र कार्यदिशा ।

३) सुधारबाद चाडिबाद र अवसरबाद जब पार्टीमा हाबी भयो त्यसपछि  इमान्दार र जनाधार भएको नेता कार्यकर्तालाई पार्टीले अवसरबाट बन्चित गर्नु ।

४) नेताकार्यकर्ताको खानपिन,रहनसहन र जिबनशैली र आफ्नो बर्गलाई बिश्वास नगर्नु

५) सांगठानिक अराजकता र स्कुलिङको अभाब !

६) समाजबाद निर्माणको आधारसहितको कार्यदिशा निर्माण नहुनु ।

maobadi kendra

अब म बुँदागत रुपमा छोटकरीमा  यी बुँदाको ब्याख्या  गर्नेछु ।  

१) नेपालको राजनैतिक इतिहासमा नै राज्य व्यवस्था परिबर्तन गर्न सक्ने मात्र होइन २४० बर्षको सामन्ती राजतन्त्रलाई  हटाई गणतन्त्रको स्थापना गर्न सक्ने सर्बहारा बर्गको नेतृत्वमा भएको माओबादी आन्दोलनले देश भित्र होइन अन्तर्राष्ट्रिय जगतमा समेत हलचल मच्चाउने काम गरेको थियो । माओबादी आन्दोलनको त्यो विशिष्ट र मुल प्रवृत्तिलाई भुल्दै  शान्ति प्रकृया पछाडी मुख्यत आन्दोलनलाई पार्टीको रुपमा मात्र  बिकास गर्नु गम्भिर भुल हो । यसले एकातिर पार्टी लाई ससदिय राजनीतिको भासमा पुर्यायो । जहाँबाट निस्कन अब हामिलाई कठिन मात्र होइन, मुलत बाध्यता बस अर्को बाटो(समाजबादी क्रान्ती) मा  हिड्नु पर्यो भने पनि हामिलाई कठिन हुनेछ । यहि बुजाइ र कार्यादिशामा मतभेद हुनाले ०६९ सालबाट पार्टी बिभाजन सुरु भयो । यो बिभाजनले पनि जनतामा माओबादी पनि अरुपार्टी जस्तै त रहेछ अब केही हुदैन भन्ने भावनाको बिकास गर्यो । जस्को परिणाम ०७० को निर्वाचनमा स्पस्ट देखियो । त्यस कारण माओबादीलाई पार्टी मात्र होइन यो त देश निर्माणको आन्दोलन (बिचार) हो भन्ने जनताले बुज्ने गरि सबै माओबादीधाराहरुको बीचमा तत्काल पार्टी एकता गर्नुपर्छ ।

२) वास्तबमा जनयुद्धले पँुजिबादी गणतन्त्रको स्थापना गरेपछि हामी पार्टी नेता र  सबै कार्यकर्तामा  सबैथोक नै जितियो भन्ने भवनाको बिकास भयो तर पुँजिबादी गणतन्त्र पछिको आगामी बाटो (कार्यदिशा) तयार गरेर जनता, नेता र कार्यकर्ता सम्म पुग्न सकिएन त्यसकारण नेता कार्यकर्तामा गति पैदा हुन सकेन ।

३) समाजबादी क्रातिको कार्यदिशा निर्माण हुन नसकेपछि यहि ब्यवस्था भित्र रुमलिनुको अर्को बिकल्प पार्टीसँग थिएन । यसर्थ संसद्को उपयोगसहित राज्यसत्तामा पार्टीको पहँुच पुगेपछि पार्टी भित्र सुधारबादी र अवसरबादिको दरिलो उपस्थिति देखिन थाल्यो त्यसले क्रमस जनसम्बन्ध र जनसगठनहरुमा आफ्नो प्रभाव बिस्तार गर्न थाल्यो । अवसरहरु पार्टी बाहिरको मान्छेलाई बिचिन थाल्यो अबिचलित रुपमा पार्टी र क्रान्तिमा जीवन र जगत्को सुनौलो भविस्य देख्ने हजारौ हजार नेता कार्यकर्तामा पार्टी प्रतिको भरोसा टुट्न त्यही बाट शुरु भयो । यसर्थ पार्टी पुनर्निर्माणको अभियान त्यही बिन्दुबाट खोजिनु पर्छ कि जुन बिन्दुमा गल्ती कमजोरी शुरु गरियो र त्यही फर्कनु पर्छ जस्ले पसिना मात्र होइन रगत दिए । हो तीनै महान सहिद परिवार घाइते अपाङ बेपता र आफ्नो गाँस काटेर गाँस दिने र बास दिने भुइ मान्छेसम्म पार्टी पुग्नै पर्छ । पुराना अन्यायमा पारिएको त्यागी र क्रान्ती र पार्टीको निम्ति सारा जीवन अर्पण गरेको त्यो बर्ग तिर कहिले पर्कने? अवसरबाद चाकडीवादले सर्बहारा श्रमजिबि बर्गलाई निल्दै गयो जब पार्टी कमजोर भयो त्यो अवसरबादी तप्का भाग्न शुरु गर्यो ।

४) शान्ति प्रक्रियापछि खुल्ला र सहज परिबेश शुरु भयो  हाम्रो खानपिन रहन सहन र उठबस  र आर्थिक क्रियाकलापहरु जनताले मन पराउन छोड्यो । हाम्रो कार्यशैली हाम्रो आचरण हाम्रो व्यवहार पटक्कै सर्वहारा सस्कृतीसँग मेल नखाने प्रकारको  भयो । आज पनि हाम्रो जिबनशैली कार्यसैली हामीले सुधार गरेका छैनौ बरु  झन पछि झन स्खलित हुँदै जनताको नजरमा काम नलाग्ने बेकामे अबस्थामा छौ । देश परिबर्तनमा आफ्नो जीवन बलिदानको निम्ति हिनेका ती योद्धा हरुमध्ये कयौले आफुलाई मात्र बदल्ने र पुजिपति बर्गमा रुपान्तरण भए । हजारौ योद्धाहरु खाडीमा पसिना बगाउदैछन्,  कयौ देशभित्र नै ज्याला मजदुरी गरिरहेका छन् । जनमुक्ती सेनाको कमाण्डर  आज सेकुरिटी गार्डको काम गर्नु परेको छ । यहि परिवेशमा पार्टी पुनर्गठन मात्र भन्दा न्याय सङत नहोला कि ? बाकी रहेको कार्यकर्ता पङ्तीले पनि आफुलाई बदल्ने हिम्मत गर्नु पर्छ । सर्बहारा सस्कृतिको बिकास गरौ जनताका दुःख सुखमा सहभागी हुन सिकौ खानपिन र जीवन शैली बोली र ब्यबाहारलाई सुधार गरौ, तमाम बिकृति र बिसङ्गतिका चाङहरुबाट आफुलाई टाडा राखौ । निश्चय नै अरुपार्टीको नेता कार्यकर्ता  भन्दा फरक अनुभूति जनतालाई होस् त्यसो भए मात्र माओबादी आन्दोलन बिजयको सन्निकट पुग्ने छ । आफ्नो बर्गप्रतिको उत्तरदायित्व र जिम्मेवारी भुलेर हामी शहरिया जीवन शैलीसहित पुजिपति बर्गको हित अनुकुलका काममा लाग्यौ ग्रामिण आधार इलाका र जनतालाई भुल्यौ हो यहि गम्भिर भुललाई सुधार गरी त्यो बर्ग खोज्न शहर छोड्ने हिम्मत गरौ । हजारौ हजार जनमुक्तिसेनालाई भुल्नु उनीहरुको अवस्था बारे चासो नहुनु अन्य त्यागी र इमान्दार कार्यकर्ताको विशाल पङ्तीलाई बिर्सेर अवसरबादीहरुलाई मात्र  पार्टीमा अवसर दिनु यी भुलहरु गम्भिर समिक्षा गरी आगाडिको यात्रा तय गरौ ।

५) मुख्य कुरा पार्टी भित्रको सांगठानिक अराजकता पनि जिम्मेवार छ । कुशल योग्य र अनुशासित पार्टी पङ्तीलाई तेरो र मेरो नाममा अवसरबाट बन्चित गरिन्छ । तलबाट माथीसम्म भागबन्डा गरिन्छ र गुट्कोपछि नलाग्ने  चाकडी नगर्ने पार्टी र क्रान्तीको निम्ति लागिरहने विशाल पङ्तीलाई पाखा लगाइछ । पार्टी नै मेरो ब्यक्तिगत कम्पनी हो भन्ने केहि अहंंकार पालेकाहरुलाई दिनदिनै भेट्ने चाकडी गर्ने गुनगान गाउने  सोसियल मिडियामा नेताको तस्वीर राखेर बिज्ञापन गर्ने ढोङी र अवसरबादीहरु मुख्य जिम्मामा राखिन्छ । जुन दिनसम्म यो प्रवृत्ति रहन्छ पार्टी निर्माणको चुनैती या  समस्या उस्तै रहन्छन् । त्यस कारण सुदृढीकरण र शुद्धिकरण आज र अहिले बाट प्रारम्भ गरौ ।

६) यी माथी व्याख्या गरिएका केही शैदान्तिक केही ब्यवहारिक र केही प्राबिधिक पक्ष हर्दै तत्काल हाम्रो पार्टीको स्पष्ट बाटोसहित समाजबादसम्म पुग्ने गरिएको मार्गचित्रसहित नयाँ कार्यदिशा तय गरौ । जनयुद्धकालमा उठान गरिएका र पूरा गर्न नसकिएका केही एजेन्डाहरु जस्तो कार्यकारी रास्ट्रपतिय प्रणालि ,जस्ता मुख्य नाराहरुसहित जनतामा जाउँ पार्टी कमिटीमा इमान्दार र युवा महिला र उत्पीडित जनसमुदायलाई अवसर दियौ त्यसो गर्नसके नेपालमा  माओबादी आन्दोलनले निश्चयनै बिजयको झन्डा फर फराउने छ । 

तथास्तु !

लेखक माओबादी केन्द्र झापा जिल्ला कमिटीको सचिबालय सदस्य तथा  बौदिक युवा नेता हुन् ।