चितवन ।
केहिदिनदेखिको अबिरल वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा बिहीबार राति खसेको पहिरो पन्छाउन बिहान १० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ :२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।
बिहान ५ :३० बजेबाट पहिरो पन्छाउन थालिएको बताउँदै उनले पहिरो नखसे बिहान १० बजेसम्म पहिरो पन्छाएर सकिने डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिव खनालले जानकारी दिए । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।
तस्वीर गुगलबाट