लक्ष्मीपुर ।
झापाको अर्जुनधारा–५ स्थित लक्ष्मीपुरमा आफ्नै बन्दै गरेको घर तथा होटलमा एक ब्यक्ति झुण्डिएको अवस्था मृत फोला परेका छन् ।
आज विहान ३ वजे आफ्नै बन्दै गरेको घर तथा होटलमा पानी लगाउने भनेर गएका लगभग बर्ष ४० का राजेश महत बुधवार विहान झुण्डिएको अवस्था मृत फेला परेका इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।
उनी मानव होटलका सञ्चालक पनि भएको बुझिएको छ । मृत्युको कारण भने खुलेको छैन । मृत्युको कारणका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेकोे जनाएको छ ।