मेचीनगर ।
झापा मेचीनगर–८ स्थित पटन प्राणी कल्याण बौद्ध विहार गुम्बाको तेस्रो वार्षिक अधिवेशनबाट धनबहादुर राना मगर पुनः अध्यक्षमा चयन भएका छन् । गुम्बा परिसरमा सोमबार भएको अधिवेशनबाट उपाध्यक्षमा कमला खपुतरी मगर, सचिवमा ओम थापा मगर, सहसचिवमा जुनु रजान मगर र कोषाध्यक्षमा मनु मगर तामाङ चयन भएका छन् ।
सदस्यमा विष्णु राई, तारा खड्का, रामप्रसाद भट्टराई, कुमार बुढाथोकी मगर, माया मगर र सोभा रिजाल मगर छन् । त्यसैगरी, सल्लाहकार समितिमा मणि लुंगेली मगर, केशवलाल राजवंशी, रेवन्तराज पोखरेल, दिपक थापा मगर, विकास थापा मगर, कृष्ण सिंजाली मगर र गम्भीरध्वज मगर छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका प्रदेश नं. १ का सदस्य तथा मेचीनगर अध्यक्ष विकास थापा मगर, विशिष्ठ अतिथि मगर संघका जिल्ला सदस्य गम्भीरध्वज मगर, गुम्बा समितिका अध्यक्ष धनबहादुर मगरलगायतले मन्तव्य राखेका थिए ।
कमला खपुतरी मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन ओम थापा मगरले गरेका थिए । गुम्बा समितिको कार्यकाल तीन वर्षे हुनेछ ।