सुनसरी । 

सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।  बराहक्षेत्र नगरपालिका –३ बाङ्गेबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले  बिशेष सुचनाको आधारमा ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको थियो  । पक्राउ पर्नेमा सोही स्थान –६ का पुरुषोतम मेहता, २९ बर्षीय बिशाल बस्नेत, सोही स्थान ९ का २८ बर्षीय पाथे चन्द्रबंशी, र २८ बर्षीय जयन्त माईला रहेका छन् ।

प्र १–०२–०४४ प ४५५६ र  प्र१–०२–०४२ प ४२२९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई शंका लागि चेक जाँच गर्ने क्रममा मेहताको साथबाट ब्राउन सुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेकोले दुवै मोटरसाईकल र चारै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीकै धरान– १० स्थित ड्रिमल्याण्ड होटलबाट ईलाका प्रहरी कार्यालय धरानको  प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका –११ का ३० बर्षीय वर्मदेव चौधरी र धरान –३ का २४ बर्षीय मो. नुरदिनलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।