इलाम ।
इलाम रोङ गाउपालिका –६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै पुरानो घरमा घाँस काट्नको लागि घाँस काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिनमाथि राखेको सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट लागेर घाईते भएकी तामाङको उपचारको लागि लाने क्रममा मृत्यु भएको थियो ।
प्रहरी चौकी जिर्मले र ईलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।