पोखरा । 

निरन्तर भएको बर्षाका कारण पोखरामा शनिबार साँझपख महेन्द्रपुल बजारको सडक भासिएको छ। पोखरामा शनिबार साँझदेखि परिरहेको पानी अझै नरोकिएपछि   पोखराका ढल प्रणालीले आकाशे पानीको भल थेग्न नसेर सडक भासिएको हो । 

शुरुमा थोरै भासिएको सडक विस्तारै बढ्दै गएको सञ्चारमाध्यमहरुले जनाएका छन् । सडक भासिएको ठाउँमा एउटा विजुलीको पोल परेको छ। पोल गाडिएकै ठाउँमा सडक भासिएको हो। दुर्घटना हुन नदिन प्रहरीले शनिबार राती नै भासिएको खाडल पुरेको छ।


प्रहरी, महानगरको टोली र विद्युत प्राधिकरण पोखरा मिलेर खाडल पुरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । महेन्द्रपुलमा बगेर आउने आकाशे पानीको भल पनि गए राति नै  प्रहरी टोलीले भल तर्काएको हो। राती भासिएको खाल्डो पुरिए पनि बिहानसम्म भासिएको ठाउँ बढ्दै गएको स्थानीयहरुको भनाई छ । 

तस्वीर : गुगल