झापा । 

ढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य , मेचि ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष तथा युवा व्यवसायी श्याम प्रसाई (एसपी )ले छोराको जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्टी अपर्ण गरेका छन् । 

प्रसाईले छोरा शंकेत प्रसाईको जन्मदिनको उपलक्ष्यमा बिर्तामोड १० स्थित इलामेली टोल शहिद गेट नजिकै  रहेको रक्तकाली माता मन्दिरलाई घण्टी प्रदान गरेका हुन् । प्रसाईले आइतवार (आज) पर्न गएको छोराको जन्मदिनमा मन्दिरलाई ९ केजी ९ सय ग्राम बराबरको घण्टी सहयोग गरेका हुन् ।

  वर्ष दिनमा एक पटक आउने जन्मदिनमा  रमाइलो गर्ने नाममा अनावश्यक रूपमा पैसा खर्च गरेर चकटेल र केक किन्ने र धूमधामसँग पार्टी नै गर्नुुपर्छ भन्ने  आम मानिसको बुझाईलाई  तोड्न तथा सामाजिक उत्तरदायित्व अन्तरगर्त मन्दिरलाई सहयोग गरेको प्रसाईले बताए ।  जन्मदिनका दिन अनावश्यक तडकभडकसहित गरिने खर्च कटौती गरी धार्मिक कार्यमा सहयोग गरेको भन्दै रक्तकाली मन्दिर समितिको सहयोगि तथा स्थानीय राजनीतिज्ञ पुनम चुंडालले प्रसाईको प्रशंसा गरिन् । 

संक्षिप्त गरिएको घण्टी हस्तानतरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागांई, हल्दिबारी गाउंपालिका वडा ४ का वडाध्यक्ष होम चुंडाल, बिर्तामोड नगरपालिका १० का वडाध्यक्ष दुर्योधन गुरुङ ,रक्तकालाी मन्दिर समितिका अध्यक्ष बिनोद कुमार भट्टराई, उपाध्यक्ष, नारायण त्रित्राल, , सचिव चुडामणी न्यौपाने, कोषाध्यक्ष शिवमाया तिवारी, लगायतको उपस्थिती रहेको थियो ।

यस अघि पनि प्रसाईले इलाका प्रहरी कार्यालय कांकरभिट्टाको प्रांगणमा रहेको नव दुर्गा मन्दिरलार्य २५ हजार ९ सय ९९ तथा नकलबन्दामा रहेको शसस्त्र प्रहरीको परिसरमा रहेको मन्दिरको रंगरोगन तथा मर्मत सम्भारका लागि पनि सहयोग गरेका थिए ।