बिर्तामोड ।
झापाको विर्तामोडस्थित चारपानेमा आइतवार बसले मोटरसाइकलाई ठक्कर दिदा मोटरसाईकलको पछाडिपट्टि बस्ने एक महिला गम्भिर घाइते भएकी छिन् ।
चारपानेस्थित भगवान चोकमा पूर्वबाट पश्चिमतर्फ जार्दै गरेको मिक्लुक यातायात ना ५ ख २८९४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मे २ प १२९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक गौरादह–४ का ३० बर्षिय खेमराज घिमिरे सामान्य घाइते भएको र उक्त मोटरसाइकलमा सवार घिमिरेकी सासु बर्ष ५० की कृष्णमाया दाहाल गम्भिर घाइते भएकी ट्राफिक प्रहरीले जनाएको छ । गम्भिर घाइते दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार हुदै गरेको र दुवै सवारी तथा वस चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।