बिर्तामोड  । 

  बिर्तामोड उद्योग बाणिज्य संघले  शनिवार बिर्तामोडस्थित बिर्ताबजारमा अनुगमन गरेको छ । संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वमा भएको अनुगमनमा स्वास्थ्यको मापदण्ड पूरा नगर्नेलाई कानुनी कारवाही गरेको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए । 

 अनुगमन टोलीमा बाणिज्य संघसहित बिर्तामोड नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन अनुगमन गरेको थियो । 

अनुगमनमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी सन्तोष आचार्य, इनिस्पेक्टर विजय कार्की, अनुगमन समितिका सदस्य तथा  बिर्तामोड नगरपालिकाका स्वास्थ्य प्रमुख तुलसी पोखरेल,   ट्राफिकका सई राजकुमार बस्नेत, रेडक्रसका प्रतिनिधि ओमप्रकाश  लुइटेल, बाणिज्य संघका, महिला उपाध्यक्ष नैनाकला भट्टराई सदस्य कुन्दन प्रसाईको टोलीले अनुगमन गरेको वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।