बिर्तामोड ।
बिर्तामोडको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।
पिडित पक्षले घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जना विरुद्ध बिहिबार जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता गरे लगतै युट्युर घिमिरे, भट्टराई र कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिए । सो घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठसहित तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।