बिर्तामोड  । 

स्वास्थ्यको मापदण्ड पूरा नगरी हिड्ने  पैदल यात्रीलाई  जरिवाना गरिएको छ ।  बिर्तामोड उद्योग बाणिज्य संघको नेतृत्वमा शुक्रवार  गरिएको अनुगमनमा  सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पूरा नगर्ने  ९ जनालाई जरिवाना गरेको  वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताएका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले  जनही एक सय रुपैयाँका दरले जरिवाना गरेको वरिष्ठ उपाध्यक्ष न्यौपानेले बताए । 

बिर्तामोड बजारमा बाणिज्य संघसहित बिर्तामोड नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन बिर्तामोडस्थित पश्चिम वस स्टेण्डमा अनुगमन गरेको थियो । 

वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वमा गरेको अनुगमनमा वरिष्ठ उपाध्यक्ष न्यौपाने, बिर्तामोड नगरपालिकाका प्रतिनिधि,  इलाका प्रहरी कार्यायलका इनिस्पेक्टर विजय कार्की, ट्राफिकका सई राजकुमार बस्नेत, रेडक्रसका प्रतिनिधि ओमप्रकाश  लुइटेल, बाणिज्य संघका, महिला उपाध्यक्ष नैनाकला भट्टराई, सह कोषाध्यक्ष राधिका चुडाल, सदस्य तुलसा ढकाल, विशाल थापा, पुकार वराल, समाजसेवी मिजास पोखरेललगायतको टोलीले अनुगमन गरेको वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।