मोरङ ।
मोरङको बेलबारी नगरपालिका –१० भाउन्ने चोकस्थित झापाली होटलबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका– १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका –४ का २९ बर्षीय अनुप राई र सोहि स्थानका २९ बर्षीय बिशाल राई रहेका छन् ।
प्रहरी चौकी डाँगिहाटको प्रहरी टोलीले झापाली होटलमा बसेका उनीहरुलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको थियो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।