झापा ।
झापा बिर्तामोड नगरपालिका –५ नयाँ बसपार्क मिलन चौकबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका –५ का २३ को सुमन तामाङ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर २० ग्राम र उनीहरुले प्रयोग गरेको मे २ प ८६८६ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।