भद्रपुर । 

बर्तमान सरकारको भूमि सम्बन्धि समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गर्नु पर्ने माग राख्दै किसानहरुले देशभर हस्ताक्षर गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

kisan1

अखिल नेपाल किसान महासंघ झापाले १५ वटै स्थानीय तहका किसानले हस्ताक्षर संकलन गरी प्रधानमन्त्री देउवा समक्ष बुझाएका छन् । उनीहरुले सोमवार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना मार्फत प्रधानमन्त्री देवालाई हस्ताक्षर बुझाएका हुन् ।  

झापाका १५ वटै स्थानीय तहका किसानले हस्ताक्षर गरेको  १ लाख ३ हजार ७ सय १३ हस्ताक्षर प्रधानमन्त्रीलाई प्रमुख  जिल्ला अधिकारी मार्फत बुझाएको महासंघका झापा संयोजक गोपालप्रसाद चुडालले बताए । 

k3

कोभिड १९ का कारण प्रत्येक नगर तथा पालिकाबाट प्रतिनिधित्वमुलक उपस्थिति गराएर हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रमलाई बुझाएको महासंघका प्रदेश नं. १ का अध्यक्ष विश्वनाथ वरालले बताए । 

हस्ताक्षर बुझाउने कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीसहितको उपस्थिति रहेको थियो । केन्द्रिय उपाध्यक्ष शिवाकोटीले किसानको यस मागलाई बर्तमान सरकारले वेवास्था गरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न समेत पछि नपर्ने बताएका छन् ।