झापा । 

झापा बाह्रदर्शी गाउपालिका –७ सिमल चौकको भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् ।  प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाउपालिका –७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भई उपचारको लागी विएण्डसी अस्पतालमा पुर्‍याउन साथ सरस्वतीको मृत्यु भएको थियो । 

घाइते कार्कीको उपचार भईरहेको छ । दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई –२ का २४ बर्षीय जंगबहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।