एजेन्सी ।

विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले  देश छाडेका छन् ।  स्थानीय टोलो समाचारलाई उद्धृत गर्दै राष्ट्रपति घानीले आइतबार साँझ देश छाडेको नाम नबताउने सर्तमा दुई वटा स्थानीय समाचार स्रोतलाई उद्धृत गरेको छ ।

 

स्रोतका अनुसार तालिबान लडाकूहरुको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् । तालिबान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटर मार्फत राजधानी काबुलस्थित जिल्ला प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् ।

 

विद्रोहीहरुले देशका अन्य भागलाई आफ्नो नियन्त्रणमा लिन थालेपछि हजारौँ मानिस शरणका लागि काबुल आएका थिए । आफ्नो भविष्यलाई लिएर उनीहरु थप चिन्तित भएका छन् । कयौं व्यक्तिहरु आफ्ना धन दौलत साथमा लिएर रातारात सीमापार कटिसकेका छन् ।