बिर्तामोड ।
आगामी भदौ १ गतेबाट झापामा जारी निषेधाज्ञा केहि खुकुलो बनाउने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । आइतवार झापाका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसँग भएको छलफलमा निश्चित मापदण्ड अपनाएर निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको हो ।
उद्योगी व्यवसायीसंगको छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले व्यवसायीहरुसँग सुझाव मागेका थिए। छलफलमा व्यवसायीले पसलका सटर मात्र बन्द गरेर निषेधाज्ञा पालना नहुने सुझाव दिएको डिसीसीएमसीका सदस्य लोकराज ढकालले बताए ।
छलफलपछि प्रजिअ तिम्सिनाले भदौ १ गतेदेखि झापामा जारी गरिने निषेधाज्ञामा केही परिमार्जन हुने र त्यस सम्बन्धि निर्णय सोमबार बस्ने डिसिसिएमसीको बैठकले गर्ने जानकारी दिए।