मोरङ ।
मोरङ जहदा गाउपालिका –३ जयरामपुर बस्ने रबिया ऋषिदेवका १० बर्षीय छोरा गोलु ऋषिदेव खोलामा डुबेर मृत्यु भएको छ ।
उनी साथीहरुसंग खद्रा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी घाईते भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटि गई घाईते बालकलाई उपचारको लागि कोशी अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको हो । घटना बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।