मोरङ । 

मोरङ बेलबारीको छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका –५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर –३ का ३९ बर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।

  ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले बेलबारी नगरपालिका –१० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्रामसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालले  खरिद गरेको ब्यक्ति खुलाइ र्दिपछि प्रहरी टोलीले  दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटिया स्थितबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको   ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।