सुनसरी । 

सुनसरी बराहक्षेत्र नगरपालिका –१ का ६३ बर्षीय बरमबहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।  गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भएका थिए ।

नाती अभिषेकको उपचारको लागि घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्रममा  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो ।

पक्राउ परेका राईको घर कोठा भित्र  प्रहरी टोलीले लुकाएर राखेको एक नाल भरुवा बन्दुकसमेत बरामद गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।