बिराटनगर ।
शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन् ।
भवन उद्घटान कार्यक्रममा बोल्दै उनले भवन आफैमा सबै चिज नभएको प्रस्ट पोर । नयाँ भवन सँगसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा उनले ब्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापाले भवन निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेतगरेका थिए । कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उचित बासस्थानको भरपर्दो ब्यवस्था बिना नै काम कारवाही गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षित बासस्थान प्राप्त भएकोले थप हौसलाका साथ काम गर्ने बताए ।
उनले कारवाही गर्ने र बिबिध अपराधिक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा ब्यक्त गरे । यसैगरी ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बिकास निर्माणको पहिलो आधार भनेकै शान्ति सुरक्षा रहेकोले आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवार रहेको नेपाल प्रहरी साधन श्रोतले सम्पन्न भएमा मात्र जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न सकने बताए । उनले यस किसिमका सुबिधा सम्पन्न नव निर्मित भवनले केही हद सम्म सहयोग गर्ने बताए ।
१ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रतक्ष्य असर पर्ने बताए । उनले सुबिधा सम्पन्न भवन प्राप्त भएपछि नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास ब्यक्त गरे ।
२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने उनको भनाई थियो । भवन प्राप्तपछि थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीको साँढे २ तले कार्यालय भवन तथा तिन तले आवास गृह ९ करोड ७० लाख ७२ हजार ३ सय २० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न गरेको हो । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।