बिराटनगर । 


संगठन प्रमुख तथा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिएका छन्  । १ नम्बर नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन उनले निर्देशन दिएका हुन् । 

 प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसँग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लाग्न उनले निर्देशन दिए । 

शुन्य सहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्तीद्दलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममुखी बनाउन आग्रह गरे । उनले अनुसन्धान पद्धतिबाट आम नागरीकहरुलाई प्रत्याभुत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन तथा बिबिध अपराधिक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्नुपर्ने उनको भनाई थियो । उनले  थप ससक्त रुपमा काम कारवाही गर्न निर्देशनसमेत दिए । अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।

 प्रहरी कार्यालयका प्रमुखहरुले आ–आफ्नो जिल्लाको बारेमा प्रस्तुतिकरण गरेका थिए भने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बि.सी.ले समग्र प्रदेशको बारेमा जानकारी दिएका थिए । प्रस्तुतिकरण पश्चात प्रहरी प्रमुखहरुलाई  निर्दैशन  दिर्दै  प्रहरी महानिरीक्षक थापाले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापनतर्फ बिशेष ध्यान दिन दिदै लागूऔषध ओसार–पसार रोकथाम तथा नियन्त्रण गर्नतर्फ बिषेश चनाखो हुन आग्रह गरेका छन् । 

उनले  महिला तथा बालबालिका माथि हुने प्रत्येक  घटनालाई गम्भिरता पूर्वक लिन समेत निर्देशन दिएका छन् । उनले  कुनैपनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउने, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरुसँग शिष्ट व्यवहार गर्न समेत निर्देशन दिए ।

यसका साथै बर्षातको समय भएकोले बाढी, पहिरो डुवान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरुसहित तयारी अवस्थामा रहन तथा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणतर्फ बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिए । प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको समेत निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरु समेतलाई निर्देशन दिएका थिए ।