बिर्तामोड ।
सामुदायिक प्रहरी साझेदारी अभियान अन्र्तगत अर्जुनधारा–११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा मास्क वितरण अभियान तिव्र पारिएको छ ।
आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला ट्राफिक प्रहरी झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त आयोजनामा बुधवार मास्क वितरण गरेको आदर्श सामुदायिक प्रहरी सेवा केन्दका सदस्य चन्द्रप्रसाद गिरीले जानकारी दिए ।
आन्तरिक स्रोतबाट रकम जुटाएर मास्क नलगाइ हिड्ने पैदल यात्री, सवारी साधनका यात्री तथा चालकहरुलाई मास्क वितरण गरेको हो । आदर्श सामुदायिक प्रहरी सेवा केन्दका अध्यक्ष पदमप्रसाद प्रसाईको नेतृत्वमा उक्त अभियान गरेको सदस्य गिरीले बताए ।
तपाईको मास्क खोई ?, सवारी साधनमा सामाजिकदुरी कायम गरौं, लगायतका प्लेकार्डसहित मास्क वितरण गरिएको थियो । मास्क वितरण अभियानलाई निरन्तरता दिने सदस्य गिरीले जानकारी दिए ।