ओखलढुंगा । 

ओखलढुङगा सिद्धचरण नगरपालिका –५ चित्रे बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भएर कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।

  झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ । घटनाका विषयमा  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।