झापा ।
सरकारको स्थीरता र ठोस निर्णय नहुँदा किसानले सुलभ तरिकाले मल पाउन सकेका छैनन् । आर्थिक बर्ष २०७७/७८ को साउनदेखि फागुसम्म पटक–पटक गरेर आएको मलले अहिलेसम्म धान्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोडका प्रमुख प्रेम भट्टराईले बताए ।
उनका अनुसार २०७८/७९ को लागि सरकारले १२ अर्व वजेट छुट्याएको छ । ‘अन्तर्राष्ट्रियस्तरमै मलको मूल्य दोब्बर भएको छ‘ प्रमुख भट्टराईले भने ’ जती बजेट छुट्याइएको छ अहिलेको मूल्यमा किन्ने हो भने आधा पनि मल आउँदैन ।’ सरकारले नै विशेष निर्णय नगरी मलको समस्या समाधान नहुने उनको भनाई छ ।
केहि कृषि सामाग्रीहरुमा गत आर्थिक बर्ष बुकिङ गरेका फागुनसम्म आएका मल भएको बताउँदै प्रमुख भट्टराईले भने ‘डिएपी, युरिया र पोटास साल्ट टे«डिङमा छैन ।’ मूल्य दोब्बर भएकाले सरकारले नै पहल गर्नु पर्ने उनले बताए ।
किसानहरु प्रत्येक बर्ष मलको समस्या झेल्दै आउने गरेका छन् । तर, सरकारको स्थीरता र ठोस पहल नहुँदा मलको हाहाकार हुने गरेको छ ।