सुनसरी । 

सुनसरी ईनरुवा नगरपालिका –४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी –१४ का २० बर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोलारी –४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया –१४ का २४ बर्षीय बिनोदकुमार कामत, सप्तरी तिलाठी कोलारी –४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी –४  का २२ बर्षीय फुलकुमार मुखिया रहेका छन् । 

बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालयको सुनसरी प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको थियो । फेला परेपछि थप अनुसन्धानको लागि कारसहित ५ चै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीले थप थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।