मोरङ ।
मोरङ लेटाङ नगरपालिका –९ बुढौली चौकबाट प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ –८ का २४ बर्षीय पदम बहादुर राई रहेका छन् ।
अस्थाई प्रहरी चौकी जातेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।