सुनसरी ।
सुनसरी कोशी गाउपालिका –५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल नैसहित लड्दा एक जना मिस्त्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईनरुवा नगरपालिका –१० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् । सो घटनामा देवानगंज गाउपालिका –३ का २४ बर्षीय मो. सतार अंसारीसमेत घाईते भएका थिए ।
घाइते अंसारीको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भईरहेको छ । घटना स्थलमा ईलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।