उदयपुर ।
उदयपुर उदयपुरगढी गाउपालिका –७ अधेरीमा रोकी राखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका –४ कि ३८ बर्षीय निशा दनुवार रहेकी छन् । मृतक दनुवार हिजो दिउसो ३ बजे उनी आफ्नै श्रीमान् श्याम दनुवारसंग मोटरसाईकल चढी अधेरी झरना घुम्न गएकी थिईन् । सोही क्रममा उनी त्यही ठाँउमा रोकी राखेको प्र२–०१–००१ह०५६० नम्बरको टेम्पोमा गएर बसेकी बेला रुख ढलेर टेम्पुलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त रुखले टेम्पु नजिकै रहेका कटारी ४ की २७ बर्षीय मिना दनुवार, कटारी ५ का टेम्पु चालक ४८ बर्षीय कुमार तामाङ र मृतककै श्रीमानसमेत घाईते भएका थिए । घाईते मध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मृतकको श्रीमान् श्यामको स्थानिय मेडिकलमै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















